काठमाडौं । राष्ट्रपति चुनावको मतदान सकिएको छ । संघीय संसदका सांसदहरू र प्रदेशसभाका सदस्यहरूले मतदान गर्ने चुनावका लागि बिहान १० बजे मतदान सुरु भएको थियो । अहिले तीन बजे मतदान सकिएको हो ।
निर्वाचन आयोगका अनुसार कूल ८८२ मतदातामध्ये ८३१ मतदाताले निर्वाचनमा भाग लिए। ३३२ संघीय संसदका सदस्यहरुमध्ये ३१३ जना र ५५० प्रदेश सभा सदस्यहरुमध्ये ५१८ जनाले मतदान गरेका छन्।
मतदान सकिएसँगै मतणनाको तयारी सुरू भएको छ । चार बजेबाट मतगणना सुरु हुने भएको छ ।
संघीय संसद र प्रदेशसभाको अलगअलग मतगणना हुनेछ । मतगणनामा राष्ट्रपति उम्मेदवारका प्रतिनिधि र एक एक जना गणना प्रतिनिधि रहनेछन् । मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुला गरिनेछ । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र वितरण गरिनेछ ।
कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।