रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको कार्यकारिणी समितिको बिहीबारको बैठकले यादवलाई उपराष्ट्रपति उम्मेदवार उठाउने निर्णय भएको नेता प्रदीप यादवले जानकारी दिए ।

पूर्वमन्त्री यादव प्रतिनिधिसभामा जसपाको संसदीय दलको नेता हुन् । उनी बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्