चीनको राष्ट्रपतिमा सीको ह्याट्रिक

काठमाडौं । चीनको राष्ट्रपतिमा सि चिन फिङ चयन भएका छन् । २ कार्यकाल सम्पन्न गरिसकेका सी तेस्रो कार्यकालका लागि चयन भएर चीनको राष्ट्रपतिमा ह्याट्रिक गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका जारी चौथो राष्ट्रिय कांग्रेसले उनलाई शुक्रबार तेस्रो कार्यकालका लागि निर्वाचित गरेका चिनियाँ समाचार संस्था सिनुवाले जनाएको छ । साथै उनले चिनियाँ जनमुक्ति सेनाको सेन्ट्रल मिलिटरी कमिसनको अध्यक्ष पनि बनाएको छ ।

६९ वर्षीय राष्ट्रपति सी चीनको समकालिन राजनीतिमा मात्रै होईन विश्व राजनीतिमा समेत शक्तिशाली व्यक्तिका रुपमा स्थापित भएका छन् ।

उनी चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव हुँदै अध्यक्ष भएदेखिनै शक्तिशाली रुपमा उदाएका हुन् । चिनियाँ कम्युनिष्ट पार्टीले उनलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति बनाउने निश्चित जस्तै थियो ।

कमेन्ट गर्नुहोस्