उपराष्ट्रपति राष्ट्रपति भन्दा फरक लिंग वा समुदायको हुनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपतिको लिंग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता गर्न निर्देशन दिएको छ ।

आयोगको आज बसेको बैठकले उपराष्ट्रपति पदको निर्वाचनका लागि उमेदवारको मनोनयनपत्र दर्ता सम्बन्धमा निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्