काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश जारी गरेको छ । प्रधानमन्त्रीविरुद्धको रिटमा संक्रमणकालिन न्याय सम्पादनको विषय रहेको हुँदा अन्तरिम आदेश दिनुनपर्ने सर्वोच्चको आदेशमा उल्लेख छ ।
निवेदक ज्ञानेन्द्रराज आरणलगायतले रिट दायर गरेका थिए। उक्त रिटमा माग भएबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्चले मुद्दामा अग्राधिकार प्रदान गरेको हो।
निवेदनमा प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिका आधारमा उनलाई पक्राउ गरेर ज्यान मुद्दाको कसुरमा कारबाही गर्न माग गरिएको थियो। सो रिटमा आज अदालतले कारण देखाऊ आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार १५ दिनभित्र आफैँ उपस्थित भएर वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन आदेश दिएको हो।