काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ।
यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो।
उक्त समय अवधिमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्नेगरी राजमार्ग बन्दको व्यवस्था जिल्ला सुरक्षा समिति तनहुँले जनाएको छ ।