सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जना उम्मेदवार, सहमतिको प्रयास हुन्छ : देव गुरुङ

काठमाडौं । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।

बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताए ।

आजको बैठकमा १० दल सहभागी थिए सबै दलमा सहमति जुटाउने प्रयास गरिएको भएपनि सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने भएका हुन् ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने अझै पनि उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास हुने बताएका छन्।

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले अब उपराष्ट्रपतिमा महिला उमेदवार हुनु पर्ने बताएको छ भने संविधानमा राष्ट्रपति भन्दा फरक कलस्टरको भए हुने उल्लेख छ ।
एमालेले भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्