उपराष्ट्रपतिमा एमालेबाट शाक्यको उम्मेदवारी दर्ता

काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा (एमाले) का नेत्री अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । शनिबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट रहेका छन् । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवती न्यौपाने र यशोदा रिजाल रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्