ममता झाले गरिन् उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।बैठकमा एउटै उम्मेदवार बनाउनेबारे सहमति जुट्न नसकेपछि उनको उम्मेदवारी दर्ता भएको हो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले पनि उपराष्ट्रपति पदका लागि उमेदवारी दर्ता गराएका छन् । छलफल मार्फत सहमतिको प्रयास गरिने गठबन्धनका नेताहरुले बताएका छन् ।

कमेन्ट गर्नुहोस्