उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद र प्रमिला यादवको उम्मेदवारी

काठमाडौं। जनता समाजवादी पार्टी नेपालकी नेतृ प्रमिला यादवले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

उनको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् । समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई र मनिस सुमन रहेका छन् ।

यसअघि जसपाका संसदीय दलका नेता रामसहायप्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरिसकेका छन् । जसपाले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाएको हो ।

आज नै उमेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ ।

२८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उमेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उमेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ ।

चैत ३ गते मतदान हुनेछ । मतदान बिहान १० बजेदखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्