काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त डा.आयोधीप्रसाद यादवले फरक लिङ्ग वा समुदायबाट उपराष्ट्रपति हुनुपर्ने संविधानमै स्पष्ट उल्लेख भएको बताएका छन् ।
उपराष्ट्रपतिमा महिला हुने कि पुरुष हुने भन्ने विवाद चलिरहेका बेला पूर्व प्रमुख निर्वाचन आयुक्त यादवले संविधानमा स्पष्ट भएको र निर्वाचन अधिकृतको क्षेत्राधिकार भित्र रहेको कुरामा अनावश्यक बहस सृर्जना गरिएको बताए ।
यादवले संविधानमा जुन कुरा स्पष्ट रुपमा लेखिसकेको छ त्यो कुरामा अहिले आएर निर्वाचन आयोग जस्तो सम्मानित संस्थाले विवाद उत्पन्न गर्न नहुनेमा जोड दिए ।
उपराष्ट्रपतिको चुनाव गराउन निर्वाचन अधिकृत तोकिसकेको छ सन्दर्भमा संविधान विपरित उम्मेदवारी परेको वा नपरेको त्यसमा छानविन गर्ने अधिकार निर्वाचन अधिकृतलाई मात्र भएको भन्दै उम्मेदवारी नपर्दै यसलाई आयोगले जानी जानी विवादमा ल्याएको उनको धारणा छ ।