काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपति पदका लागि आफ्नो पार्टीबाट ममता झाको उमेदवारी दर्ता भएपछि यस विषयमा गठबन्धनमा छलफल हुने प्रतिक्रिया दिएका छन् ।
राउतले आठदलीय गठबन्धनको निर्णयअनुसार नै आफूहरुले उमेदवारी दिएको बताए । उनले गठबन्धन दलबाट तीनजनाको उमेदवारी परेकाले यस विषयमा गठबन्धनमा छलफल हुने बताए ।
उनले एउटै उमेदवार बनाउने विषयमा सहमति नभएको अवस्थामा मित्रवत् प्रतिस्पर्धा हुने बताए ।