चीनको नयाँ प्रधानमन्त्रीमा ली छ्याङ

बेइजिङ । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् ।

बेइजिङको ग्रेट हल अफ द पिपुलका अनुसार उपस्थित २,९३६ प्रतिनिधिहरूले लीको पक्षमा मतदान गरे, तीन विपक्षमा र आठ जनाले अनुपस्थित भए।

नेता सी जिनपिङको भरपर्दो समर्थक र लामो समयदेखि सहयोगी मानिने ली नेशनल पिपुल्स कांग्रेस (एनपीसी)मा मतदानबाट निर्वाचित बनेका हुन् ।

प्रधानमन्त्री ली छ्याङले सोमबार बिहान १४औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी)को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ ।

कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वाले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस सेन्टरले शनिबार उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्