उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीबीच भेटवार्ता भएको छ ।

उपराष्ट्रपतिको निवास हरितगृहमा शनिबार उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपराष्ट्रपति पुन र मन्त्री मोदीबीच समसामयिक विषयमा छलफल भएको छ । विवादरहित ढंगबाट कार्यकाल सम्पन्न गरेकोमा उपराष्ट्रपति पुनलाई मन्त्री मोदीले बधाई व्यक्त गरे ।

उपराष्ट्रपति पुनले देश र जनताको हितलाई सर्वोपरी ठानेर काम गर्न मन्त्री मोदीलाई सुझाव दिए ।

“देश र जनताका हितलाई सर्वोपरी ठानेर, उनीहरुको समस्यालाई समाधान गर्नतिर तपाईहरुको ध्यान केन्द्रित होस् भन्ने मेरो चाहना छ” मन्त्री मोदीलाई उपराष्ट्रपति पुनले भने ।

कमेन्ट गर्नुहोस्