काठमाडौं । माओवादी पृष्ठभूमिका भएका राजनीतिक दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । माओवादी पृष्ठभूमिका भएका राजनीतिक दलहरूको संयुक्त पत्रकार सम्मेलन आज दिउँसो ठीक २ः३० बजे प्रज्ञाभवन, कमलादीमा हुने भएको हो ।
माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहनेछन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
सर्वोच्च अदालतले द्धन्द्धकालिन मुद्धा हेर्नु विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेको छ । माओवादी केन्द्र र माओवादी घटक दलहरूले अलग अलग वक्तव्यमार्फत पनि सर्वोच्चको पछिल्लो निर्णय प्रति असहमति जाहेर गरेका छन् ।