नेपालद्धारा यूएईलाई २४९ रनको चुनौति

काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईसामु २ सय ४९ रनको चुनौति पस्केको छ ।
कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाएर अलआउट भयो।

पावर प्लेमा खराब सुरुवात गरेको नेपालले ७.१ ओभरमा ३ विकेट गुमाएर २२ रन मात्रै जोडेको थियो ।

चौथो विकेटका लागि कप्तान रोहित पौडेल र भिम सार्कीले ५४ रनको साझेदारी गर्दै नेपालको इनिङस् सम्हालेका थिए। ३७ बलमा चार चौका हान्दै भिम २९ रनमा क्याच आउट हुन पुगे।

यूएईका रोहन मुस्तफाले २१.६ ओभरमा भीमलाई मइयाप्पनको हातबाट क्याच आउट गराउँन सफल बने । साथै, रोहित पौडेल र भिमको साझेदारी तोडिदिए।

पाँचौ विकेटका लागि कप्तान रोहित र आरिफ शेखले ८६ रनको महत्वपुर्ण साझेदारी गरे।

कप्तान रोहित ३७.३ ओभरमा ११२ बलमा ९ चौका हान्दै ७७ रन बनाउँदा क्याच आउट भए । रोहित ८३ बलमा ७ चौका हान्दै आफ्नो करियरको आठौं अर्धशतक पूरा गर्न सफल बने।

आरिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। अरिफले ५२ बलमा ५ चौका हाने।

सातौँ विकेटका लागि गुलसन झा र दिपेन्द्रसिंह ऐरिले ४८ रनको साझेदारी गरे। ३२ बलमा १ चौका र ३ छक्का हानेका गुलसन झा ३७ रन बनाउँदा जाहोर खानको बलमा बोल्ड आउट भए। सन्दीपले २ रन बनाए।

दिपेन्द्रसिंह ऐरि ३४ रन बनाउँदा बोल्ड आउट भए। १९ बलमा ३ चौका र २ छक्का हाने। सोमपाल कामी २ रनमा नटआउट रहे। ललित राजवंशी शुन्य रनमा नटआउट रहे।

ओपनर कुशल भुर्तेल ८ रन बनाउदा एलबीडब्लु भएका थिए। आशिफ शेख शुन्य रनमा आउट भए। कुशल मल्ल ९ रनमा क्याच आउट भए।

आगामी ४ वर्षका लागि ओडिआई मान्यता जोगाउनका लागि नेपाल र युएई दुवैका लागि आजको खेलमा जित महत्वपूर्ण छ ।

युएईका लागि आयान अफ्जल खान, रोहन मुस्तफा, जवार फरिद र जाहुर खानले समान २ विकेट झारे। आर्यन लाक्रा, जुनैद सिद्दिकीले एक एक विकेट आफ्नो नाममा गरे।

कमेन्ट गर्नुहोस्