महानगरपालिका प्रमुख दाहालद्धारा भरतपुर भ्रमण वर्ष २०२४ मा जापानलाई निम्तो

भरतपुर । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ को जापन सरकारलाई निम्तो दिएकी छन्। भरतपुर महानगरपालिका र जापानको योकोसुका सहरबीच भगिनी सम्बन्ध स्थापना कार्यक्रमसहित सप्ताहव्यापी जापान भ्रमणमा रहेकी भएका प्रमुख दाहालले यो अभियानमा सहभागि हुन गैरआवासीय नेपाली संघ (एनआरएनए),जापान मार्फत जापान सरकारलाई निम्तो दिएकी हुन् ।

जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहेकी रात्रीभोज कार्यक्रममा भरतपुर भ्रमण वर्षबारे प्रमुख दाहालले प्रकाश पारेकी थिइन् ।

भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष २०२४” अभियान घोषणा गरेको छ । “संरक्षणको लागि पर्यटन, पर्यटनको लागि भरतपुर” भन्ने नाराका साथ आयोजना गरिने कार्यक्रममा यस गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र अन्य राष्ट्रमा रहेका नेपाली र गैर नेपालीलाई सहभागीता तथा पर्यटकहरुलाई भ्रमण वर्षको प्रर्वद्धन गर्न मेयर दाहालले आह्वान गरे ।

भरतपुर महानगरपालिका अनुपम प्राकृतिक सौन्द्रर्यले सम्पन्न, ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण मध्य नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रहेको बताउदै प्रमुख दाहालले अभियानलाई सफल बनाउन आवश्यक प्रचार प्रसार, समन्वय र सहकार्य अपिल समेत गरे।

भरतपुर महानगरपालिकामा विमानस्थल, रिङ्गरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्वपश्चिम राजमार्ग, सिटीहल, होटल, तथा रिसोर्टहरु स्तरोन्ति भईरहेको छ ।

महानगरपालिमाभित्र निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृंखलाको दृश्यावलोकन जस्ता प्राकृतिक आकर्षण तथा संग्रहालय, पार्क, धार्मिकस्थल छन् । महानगरमा पर्यापर्यटन, वन्यजन्तु पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन, कृषि पर्यटन, सभा–सम्मेलनपर्यटन आदिको विकास भइरहेको छ । पर्यटनमा महानगरपालिकालाई प्रमुख ७ गन्तव्य (सेभेन प्वाईन्ट) सहित ३० वटा पर्यटकीय गन्तव्यहरु छनोट गरिएको छ।

भरतपुर भ्रमण वर्ष २०२४ मा दुई लाख जना बाह्य पर्यटक भित्रयाउने लक्ष्य लिएको छ । कार्यक्रममा नेपाल सरकारका ५ वटा मन्त्रालयका कर्मचारी र नेपालका अन्य स्थानीय तहका प्रमुख तथा राजनैतिक प्रतिनिधिसँग भ्रमण वर्षलाई सफल बनाउनेबारे छफलफ गरिएको थियो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, सुर्य विनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चन्द्रगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, वाईसिएल नेपालका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपसिखा’, नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अर्जुन पाठकको उपस्थिति रहेको थियो ।

 

कमेन्ट गर्नुहोस्