नेपाल र पीएनजीको खेल जारी, सोमपालले लिए दोस्रो विकेट

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) र नेपालबीचको खेल जारी छ । अहिले पपुवा न्युगिनीले टस हारेर अहिले ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा नेपालले दोस्रो विकेट लिएको छ । नेपालका लागि सोमपाल कामीले १४ रन बनाएर खेलिरहेका पीएनजीका हिरी हिरीलाई आउट गरेका हुन् ।

यस अघि ललित राजबंशीले नेपालका लागि पहिलो विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्