१८.७ प्रतिशतले घट्यो व्यापारघाटा, यस्तो छ देशको पछिल्लो आर्थिक अवस्था (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०७९–८० को सात महिनाको तथ्याङ्कमा आधारित रहेर देशको समग्र आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाइमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ ।

तेस्तै, आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयामा २७.१ प्रतिशतले र अमेरिकी डलरमा १६.४ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु१३३ अर्ब २१ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति रु.१३८२ अर्व २३ करोड र अमेरिकी डलरमा १० अर्व ५० करोड रहेको छ ।

संघीय सरकारको खर्च ६६७ अर्व ६६ करोड र राजस्व परिचालन रु.५१४ अर्ब ६९ करोड रहेको छ ।विस्तृत मुद्राप्रदाय ४.७ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ८.८ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.० प्रतिशतले बढेको र निजी क्षेत्रमा प्रवाहित कर्जा ३२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर २.९ प्रतिशत रहेको छ।

हेर्नुहोस् देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति पूर्णपाठ

कमेन्ट गर्नुहोस्