काठमाडौं । माओवादी धारका पार्टीले तय गरेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तरक्रियम सरेको छ। मंगलबारका लागि तय भएको छलफल कार्यक्रम चैत्र १५ पछि गर्ने गरी सारिएको माओवादी केन्द्रले जानकारी दिएको छ ।
विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी घटकहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्ने तय भएको थियो।
गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।
यसैअनुसार फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन्। मंगलबार नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको भएपनि केही समयलाई अघि सारिएको छ ।