काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई सन्देश पठाएका छन् ।
चिनियाँ सरकारी समाचार ऐजेन्सी सिह्वाका अनुसार चिनियाँ राष्ट्रपति चिनफिङले बधाई सन्देशमा पौडेलको कार्यकालमा बेल्ट रोड इनिसियटिभ(बीआई)को योजना अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल र चीनबीच मित्रतापूर्ण सम्बन्ध कायम रहेको तथा शान्तिपूर्ण सम्बन्धको उदाहरण रहेको सन्देश चिनफिङले दिएका छन् ।
नेपाल र चीनबीच सम्बन्ध पौडेलको कार्यकालमा थप बढ्ने र जनताबीचको सम्बन्ध अगाडि बढ्ने विश्वास चिनियाँ राष्ट्रपतिले व्यक्त गरेका छन् । चीन नेपालको विकासमा सहयोगी बन्ने सन्देशमा उल्लेख छ ।