पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ (भिडियो सहित)

काठमाडौं । पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तानी प्रहरीले पक्राउ गरेको छ ।

आज केहीबेर अघि उनलाई आफ्नै निवासबाट पक्राउ गरिएको हिन्दुस्थान टाइम्सले जनाएको छ ।

पूर्व क्रिकेटर एंव पूर्वप्रधानमन्त्री खानलाई पक्राउ गर्ने खबर पाएपछि उनका समर्थक इमरानको घर बाहिर जम्मा भएका थिए ।

प्रहरीले दजनौं राउण्ड असुल ग्याँस प्रहार गरी समर्थकलाई तितरवितर पारेको छ ।

साथै खानलाई पक्राउ गरेको छ ।

भ्रष्टाचार र आतंकवाद सम्बन्धी मुद्दामा उनलाई प्रहरीले गिरफ्तार गरेको हो । खानमाथि महिला न्यायाधीशलाई धम्की दिएको र राज्यका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ ।

गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्युत भएपछि आम चुनावको माग गर्दै आएका थिए ।

खानले आम चुनावको माग गरे पनि पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरिफले चुनाव गर्न अस्वीकार गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्