बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले आज विश्वभरका अन्य राजनीतिक दलहरूसँग छलफल गर्दै छ । आज भिडियो लिङ्कमार्फत विश्कका राजनीतिक पार्टीसँग भिडियो वार्ता हुने चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिन फिङले बेइजिङमा आयोजना हुने विश्व राजनीतिक दलहरूबीचको उच्चस्तरीय बैठकमा चिनियाँ कम्युनिस्ट पार्टीको उद्घाटन समारोहमा भाग लिने र मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको हुले बताए।
‘आधुनिकीकरणतर्फको बाटोः राजनीतिक दलहरूको दायित्व’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न देशका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेताहरू भेला हुने पनि हुले बताए।
सन् २०१७ मा चीनले बेइजिङमा यस किसिमको पहिलो संवादको आयोजना गरेको थियो ।