काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक लामो समयपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी र शीर्ष नेताहरू सहभागी थिए।
धेरैपछि बसेको बैठकले चार वटा विषयमा छलफल गरी छोटो समयमै सम्पन्न भएको छ ।
बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोमा धन्यवाद दिएको छ । साथै सभापति देउवाले रामचन्द्र पौडेको राजिनामा स्विकृत गरेका छन् ।
चैत ३ मा हुने उपराष्ट्रपति निर्वाचनमा जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
चितवन २ लगायतमा हुने उपनिर्वाचनका बारे छलफल समेत भएको छ ।
त्यसैगरी कांग्रेसले गत पुस १० मा भत्किएको तत्कालीन गठबन्धन ब्युँताएको जनाएको छ । नेपाली कांग्रेसले गठबन्धन लयमा फर्किएको बताएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत दिएपछि मात्रै सरकारमा सहभागी हुनेबारे कांग्रेसले छलफल गरेको छ।