प्रधानमन्त्रीले चैत ६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । एमाले लगायतका केही दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

नयाँ गठबन्धन बनेसँगै प्रचण्ड नेतृत्वको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले भने समर्थन कायमै राखेको छ ।

विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने र उक्त दिन प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीहरुलाई त्यस दिन कतै कार्यक्रम नपार्न समेत निर्देशन दिइसकेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्