काठमाडौं । बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।
बैकर्स संघले चैतदेखि लागु हुने गरी बचतमा दिने ब्याजदर ०.४२ प्रतिशतसम्म घटाउने निर्णय गरेको थियो । मुद्दति निक्षेपको ब्याजदर भने यथावत् छ ।
बचतमा दिने ब्याजदर ०.४२ प्रतिशतले कटौती गरेपछि अब बैंकहरूले बचतमा ६ देखि ८ प्रतिशतसम्म मात्र ब्याजदर दिनेछन् ।
बैंकहरूले एक वर्षसम्मको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिनेछन् ।
कर्जामा भने बैंकहरूले प्रिमियदर १ प्रतिशत विन्दुले घटाएका छन् । बैंकहरूले कर्जाको न्यूनतम आधारदर (बेसरेट)मा ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर लिने गरेमा अब बेसरेटमा ५ प्रतिशत मात्र प्रिमियम लिनेछन् ।
बुधबारदेखि विकास बैंक र फाइनान्स कम्पनीले दिने ब्याजदर समेत घटेको छ । विकास बैंकहरूले एक वर्षभन्दा बढी समयको मुद्दति निक्षेपको ब्याजदर ११.६० प्रतिशत तथा एक वर्षभन्दा कम समयको मुद्दति निक्षेपमा ११.५० प्रतिशत ब्याजदर दिनेछन् ।
बैंकरका अनुसार वैशाखदेखि कर्जाको ब्याजदर घट्नेछ । बचतमा घटाएको ब्याजदरको प्रभावानुसार चैतमा बैंकहरूको बेसरेट घट्दा ब्याजदर घटेर आउनेछ ।