काठमाडौं । सत्ता गठबन्धमा रहेका दलको बैठक बालुवाटारमा जारी छ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ५ः३० बजे सुरु भएको हो ।
बैठकमा चैत ३ गते हुने उपराष्ट्रपतिको चुनाव र प्रधानन्त्रीले संसदबाट विश्वासको मत लिने विषयमा समझदारी बनाउनेबारे छलफल हुने छ ।
उपराष्ट्रपतिको चुनाव आगामी ३ गते हुँदैछ। प्रधानमन्त्री प्रचण्डले आगामी सोमबार वा बुधबार भित्र विश्वासको मत लिने तयारी गरेका छन्।