तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

काठमाडौं । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् ।

संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित यादवले प्रदेशतर्फको ३२९ मत र संघतर्फको १८४ मत पाएका छन् । एमाले उमेदवार शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फको १०४ मत पाएकी छन् । उनले पाएको कूल मतभार १६ हजार ३२८ हुन्छ ।

यस्तै, जनमत पार्टीका तर्फबाट उमेदवार बनेकी ममता झाले संघतर्फको २३ र प्रदेशतर्फको १५ मतसहित कूल दुई हजार ५३७ मतभार पाएकी छन् ।

 

कमेन्ट गर्नुहोस्