चैत्र १० गतेसम्ममा सरकारले पूर्णता पाउने पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।

शुक्रबार लगानी बोर्डको बैठकपछि कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीनरचार दिनसम्ममा सरकारले पूर्णता पाउने बताए ।

प्रधानमन्त्री प्रचण्डले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरूसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्ने बताए ।

उनले भने, ‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको चारदिन भित्रमा सरकारलाई पूर्णता दिन्छु ।’

प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार हुन कुनैपनि अफ्ठ्यारो नरहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्