स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्ववियु निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लका अनुसार प्रधानमन्त्री प्रचण्डले आज (शनिबार) गृहसचिव विनोद प्रकाश सिंह र आइजी धिरज प्रताप सिंहलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर सो निर्देशन दिएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्रीले क्याम्पस र विश्वविद्यालयमा हँुदै गरेको निर्वाचनमा सहयोगात्मक भुमिका निर्वाह गर्न आग्रह समेत गरेका छन् ।

भेटमा प्रहरी प्रमुख सिंहले हालसम्म प्रहरीले २३८ जना मिटरव्याजीलाई कार्बाही गरेको जानकारी दिए ।उनले मिटरव्याजीलाई कारबाही गर्न कानुनी समस्या छ रहेको बताए । साथै त्यसमा राजनीतिक एंव प्रशासनिक क्षेत्रबाट समेत संरक्षण हुने गरेको बताउदै समस्या हल गर्न दुबै पाटोबाट कदम चाल्नु बताए ।

प्रधानमन्त्रीले  समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनिय बनाउन पनि निर्देशन दिएका छन् ।

कमेन्ट गर्नुहोस्