बिनाकारगेट कुमारी घरको दर्शन गर्न वसन्तपुर पुगे राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेटबिना नै काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपराह्न पहिलोपटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारगेटबिना नै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन् । सो दृश्य देखेका सर्वसाधरण समेत अचम्ममा परेका थिए ।

राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेको गुनासो आइरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटबिना नै सवार भएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उनको आलोचना भएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

कमेन्ट गर्नुहोस्