सत्ता साझेदार १० दलको बैठक : सत्य निरुपण सम्बन्धि विधेयक र विश्वासको मतबारे एकमत

काठमाडौं । सत्ता साझेदार १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोगसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको हो ।

यसैगरी प्रतिनिधिसभामा सोमबार २६ गते सरकारले विश्वासको मत लिने कार्यक्रम छ । त्यसका लागि पनि १० दल एकै ठाउँमा उभिने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

शनिबारको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत छन्

कमेन्ट गर्नुहोस्