काठमााडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा सहभागि हुने कांग्रेसको निर्णय गरेको छ।
आइतवार बिहान संसद भवन नयाँबानेश्वरमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो। गत पुस २६ गते प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमाले बाहिरिइसकेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय भएको बताए।