प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदमा विश्वासको दिने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको केन्द्रीय सचिवालयको बैठकले सो निर्णय गरेको हो ।

एमाले र राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले भोली संसदमा विश्वासको मत लिँदैछन् ।

हिजो बसेको १० दलीय गठबन्धनले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने सहमति गरेको थियो । आज यसअघि नै काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्