काठमाडौं । राहदानी विभागले आज बिदाको दिन पनि सेवा दिने भएको छ । काठमाडौं उपत्यकामा आज घोडेजात्राको अवसरमा सार्वजनिक बिदा भए पनि विभागले कार्यालय खोल्ने भएको हो ।
सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर कार्यालय खोलिने निर्णय गरेको विभागले जनाएको छ । १० बजे देखि दिउँसो २ः३० बजेसम्म कार्यालय खोलिने विभागले जनाएको छ ।
आज बैंक तथा वित्तीय संस्थाले पनि सेवा सञ्चालन गर्ने भएका छन् ।