जहाजमा झ्याल खुला राखेपछि कारबाहीमा परे प्राविधिक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको वाइडबडी जहाजमा ककपिटका झ्याल खुला राखेपछि २ प्राविधिक कारबाहीमा परेका छन् ।

नेपाल वायुवेवा निगमको ए३३० अन्नपूर्ण जहाजमा झ्याल खुला राखेपछि उनीहरू कारबाहीमा परेका हुन् ।

पाइलट, को–पाइलट बस्ने ककपिट ‘मेन्टेनेन्स’पछि रातभर प्राविधिकले झ्याल खुला राखेको भन्दै प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्म उनीहरुलाई निलम्बन गरेको जनाएको छ।

कमेन्ट गर्नुहोस्