काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय आलोकनगरमा बसिरहेको छ।
बैठक मंगलबार मध्याह्न १२ बजेदेखि बसेको हो । अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा बैठक बसेको हो।
बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा. बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी छन्।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको हो।