विमानले क्षमताभन्दा बढी सामान बोकेपछि पाइलटसहित सात जनालाई ग्राउन्डेड

काठमाडौं । नेपाल एयरलाइन्सको विमानमा लोड सिटमा भन्दा बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलसहित सात जनालाई ग्राउन्डेड गरेको छ ।

सोमबार ताप्लेजुङबाट काठमाडौं आएको ट्विनअटर ९ एन-एबीटी विमानमा लोड सिटमा भन्दा १ सय ७ केजी बढी सामान बोकेको पाइएपछि नागरिक उड्डयन प्राधिकरणले चालक दलका तीन जना, निगमको मार्केटिङ कर्मचारी र डिसप्याचरसहित सात जनालाई ग्राउन्डेड गरेको हो ।

 

साथै निगमलाई प्राधिकरणले स्पष्टीकरण सोधेको छ । घटनाबारे थप छानबिन गरिने पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानले एक पुरुष यात्रुलाई महिला यात्रुको रुपमा यात्रा गराएको पनि पाइएको छ ।

कमेन्ट गर्नुहोस्