नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचकमा बुधबार दोहोरो अंकले गिरावट आएको छ । तर कारोबार रकम भने वृद्धि भएको छ ।

नेप्से १५.७६ अंकले घटेर १९३३.२९को विन्दुमा झरेको छ । गएको सोमबार २२ अंकले बढेको नेप्से मंगलबार भने सार्वजनिक बिदाका कारण बन्द रहेको थियो ।

बुधबार २६६ कम्पनीका एक अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँबराबरको ३७ लाख ७७ हजार ४०० कित्ता सयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.६३ प्रतिशतले घटेर ३६१.९को विन्दु कायम भएको छ ।

यस दिन १३ वटै उपसमूहको समूहगत सूचक पनि ओरालो लागेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको समूहगत सूचक सर्वाधिक १.८७ प्रतिशतले ओरालो लागेको छ ।

मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ कायम भएको छ । बोटलर्स नेपाल (तराई)को सेयर मूल्य प्रतिकित्ता ९६८ रुपैयाँले घटेर ११ हजार ७३२ रुपैयाँ कायम भएको छ ।

कमेन्ट गर्नुहोस्