काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै उत्पादन भएका वस्तुको निर्यात बढाउन सके मात्र व्यापार घाटा कम हुने बताएका छन् । यसका लागि सरकारले आवश्यक नीति–नियम बनाउने उनले बताए ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल–इटाली चेम्बर अफ कमर्स एन्ड इन्ड्रष्टीको नवौँ वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् ।
“नेपालमा सम्भावना नै सम्भावना छ । अहिले पनि बढी मूल्य आउने सामान नेपालले युरोपमा निर्यात गर्ने गरेको छ । अझै बढाउनुपर्छ,” उनले भने, “आर्थिक समृद्धिमा नै अहिलेको सरकार लागेको छ । आर्थिक विकासबिना अरू कल्पना गर्न सकिँदैन ।”