चप्पल कारखाना चोकमा ठोकिए सातवटा सवारी साधन, ८ जना घाइते

काठमाडौं । काठमाडौंको चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन एक आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो मार्वल बोकेको गाडी, एउटा कार, एउटा हाइस र ४ वटा मोटरसाइकल एक आपसमा ठोकिएका हुन् ।

घाइतेमध्ये ७ जनाको ह्याम्स अस्पताल र एक जनाको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्