काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजित गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
उनले आजदेखि कार्यभार सम्हाल्ने छन् ।
यसअघि धिरजप्रताप सिंहले ३० वर्षे सेवाहदका कारण शुक्रबारदेखि महानिरीक्षकबाट अवकाश पाएर घर फर्किएका छन् ।