एकैदिन थपिए १६ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमित थपिएका छन् ।

९२१ वटा नमूना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज दुईजना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्