काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी छन् ।
हिजो (आइतबार) संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको बताएकी हुन् । उनले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठीक ठान्नेहरूले यसको विरोध गरेको उल्लेख गरिन् ।
मन्त्री शर्माले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरू सबैको साझा विषय भएको बताइन् । उनले यो विषय सबै नागरिक र सबै पार्टीहरूको पनि विषय भएको उल्लेख गरिन् ।
उनले विधेयकको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा सहमति जुटाउने अधिकतम कोसिस हुने बताइन् ।