गायक दुर्गेश थापाविरुद्ध कुटपिटको उजुरी

काठमाडौं । गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । कुटपिटको आरोपमा एक व्यक्तिले उनीविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा उजुरी दिएका हुन् ।

गायक दुर्गेशले आफू भोलि प्रहरी कार्यालयमा उपस्थित हुने प्रहरीलाई जानकारी गराएका छन् ।

दुर्गेश उपस्थित भएपछि आरोपित र उनीसित छलफल गरी थप प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्