‘प्रचण्ड अभिमन्यु बन्नु हुँदैन’

राजनितीमा प्रचण्डका आफ्नै नियमहरु छन्। गोलचक्कर उनको मन नपर्ने शब्द हो भने क्रमभंगता कर्णप्रिय। प्रचण्डको क्रमभंगता लचिलो छ ।

परिस्थितिलाई सही ढंगले बुझ्नु उनको विषेशता हो। उनी पातको डुँगा मात्रै बनाउँदैनन्, वरु आफैं तैरीएर देखाउँछन्। दोश्रो पटक विस्वासको मत लिइरहदा उनले यो प्रमाणित गरेर देखाएका छन ।

त्यसो त संसदमा उभिएर उनले पटक पटक बोलेका छन्, उनलाई हेक्का छ चार वर्ष सात महिना लामो संसदको कार्यकाल समााप्त नहुदै एमाले विस्वासको अर्जि लिएर सरकारमा समावेस हुन आउने नै छ । आज मन्जुर नदेखिएको एमालेसंग यो बाहेक अर्को विकल्प पनि छैन । प्रचण्डलाई पहिलो पटक रामवरण यादवले देखाएको सत्ता बाहिरको बाटो याद छ । पटक पटक विघटनको अभ्यास सदरको इतिहास पनि याद छ । ति यादहरुको परीणाम रामचन्द्र राष्ट्रपति भएका हुन । यो परीघटनाले भन्छ नेपालमा संन्तुलनकै राजनिति फाप्छ । सन्तुलनको अभ्यास नै नेपाली राजनीतिको इतिहास हो । २००७ साल, राणा ,राजा र काँग्रेसको सन्तुलन । २०४६मा राजा काँग्रेस र वाममोर्चाको सन्तुलन । अनि २०६३ मा सात दल र माओवादी विचको सन्तुलन। २०७२ पछि काँग्रेस माओवादी र एमाले बीचको सन्तुलन । यो हाम्रो राजनीतिको यर्थाथता हो । राजनीतिको यो पहलु पहिचान गर्न प्रछण्डलाई सिकाइरहन पर्दैन । यो आगामी दिनमा झन दह्रो र स्थाई ढंगवाट स्थापीत गर्न प्रचण्ड सक्छन र त्यो गर्नेछन । राजनितीमा स्थाई सत्रु र मित्र कोही हुँदैनन । एउटा सानो परीघटनाले पनि ठुलो उथलपुथल हुन्छ ।

प्रचण्ड उथलपुथलका डिजाइनर हुन । उनलाई बाटोमा आउने चुनैतीसंग भाग्न होइन जुध्न मन लाग्छ । नेकपा बन्दा होस या अदालतको बेठीक आदेश पछिको अदालत सम्मकै प्रकृया होस प्रचण्ड जुधेका छन् । जुधेका मात्र होइन जितेका पनि छन । लेखक जितेका मात्र होइनन् नेपाली राजनितिको शीर्षतम् मध्येको शीर्षमा आफुलाई उभ्याएका छन् । यो होइन कि उनी निषेधको राजनीति गरुन । निषेधले आफैलाई निषेधको ठाउँमा ढिलोचाडो अवश्य पुर्याउछ । एमालेको एकलकाँटे अतिवाद बाट उनले सिकेको यही हो । उनी सबैलाई लिएर हिड्न सक्छन । हिडेका पनि छन ।

आजका ११ दल प्रचण्ड कौशलताकै कारणले एकै ठाउँमा उभिएका हुन। देश बनाउन यो बाहेक अर्को तरीका छैन । गरीब घरको गर्जो एकता बाहेकको अर्कोे उपायले टार्न सकिदैन । त्यसो त प्रचण्डलाई काँग्रेस बोकेको देखेर प्रचण्डको वाम कदम नदेख्नेहरु पनि छन् । सही हो कांग्रेसलाई वाम कीत्तामा ल्याउन सकिदैन । सकिएला कि भनेर कोशिष गर्न पनि हुदैन । कुरा यति हो उसलाई समाजवादीसम्म भने बनाउन सकिन्छ । समाजवादी आधारहरु निर्माण गर्ने र त्यस मार्फत मुलुकको उत्थान गर्ने कुरामा कम्तीमा कांग्रेसको दोश्रो पुस्ता असहमत छैन । आजको वाम कार्यभार यही हो । सत्तालाई जनउत्तरदायी वनाउने उत्पीडीत जाति क्षेत्र र समुदायलाई राज्यका अगंहरुमा समावेश गर्ने गरेर नै आधारभुत वर्गलाई राज्य भएको महशुस गराउन सकिन्छ । प्रचण्ड यसो गर्न सक्छन । उनलाई यो थाह छ कि नेपाली काँग्रेसको विकास सामन्तवादका विरुद्धको संर्घषको इतिहास हो । भनाई नै छ ‘एउटै देशमा दुइवटा कम्युनिष्ट पार्टि लामो समय रहीरहन सक्दैनन् ।’ कुनै न कुनै समय एकले अर्कोलाई निल्ने वा रणनीतिक र कार्यनीतिक उद्धेश्य मिलेमा एकापसमा विलय हुने गर्दछन । सहि हो मुलुकलाई सहि दिशानिर्देश गर्नका लागी बलियो कम्युनिष्ट पार्टी चाहिएको छ ।

प्रचण्डले यो कोसिस गर्ने नै छन । यस्कालागी समेट्न सकिने कम्युनिष्ट पार्टीलार्इ तत्काल समेट्ने र बाँकी रहेकाहरुसंग राजनैतिक बैचारीक संर्घष मार्फत असहमतीहरु घटाउने र हटाउने प्रचण्डको कोसिस रहने नै छ । अहिलेको मुल संर्घष एमालेको एकमना एकतावादी चिन्तनसंग हो र त्यसका नायक एमाले अध्यक्ष केपी ओली नै हुन । यो सोचलाई पराजित नगरी सहयात्रा र सहकार्यमा पुग्न कठिन छ । प्रचण्ड यो संघर्षमा पनि दृढतापूर्वक उभिने नै छन् ।यदि संर्घषलाई घनिभुतताका साथ चलाउन सकियो भने अर्को निर्वाचन सम्ममा नेपालमा एक बृहद कम्युनिष्ट पार्टी वन्न संभव छ ।

एमालेसंग अहिलेको तिक्तताले कोहि पनि असन्तुष्ट हुन पर्दैन । कम्युनिष्टहरुका विचमा हुने कडा संर्घषले नै रुपान्तरणको बाटो बनाउँछ र एकता सम्म पुर्याउछ । मुलुक यो बाटोमा हिड्नै पर्दछ । यसो त प्रचण्डका अगाडी चुनौती असंख्य छन् । मुख्य चुनौती उनलाई विस्वास दिएकाहरु नै हुन् । आआफ्नो हिस्साका स्वर्थहरुको टकराव ब्यवस्थपन गर्न प्रचण्ड सफल हुने नहुने कुराले उनको सरकारको आयु निर्धारण गर्नेछ । शेर बहादुरको सत्ता लालसाले पनि प्रचण्डलाई विथोलीरहन सक्छ । तर प्रचण्ड यसलाई ब्यवस्थापन गर्न सक्ने छन् । त्यो भनेको अन्तरविरोधको सही ठम्याइ र परिचालन नै हो । जसमा प्रचण्ड सधै अब्बल प्रमाणित छन।

जनताका अपेक्षाहरुको चाङ कमजोर अर्थब्यवस्था, कामचोर र कमजोर कर्मचारी संयन्त्र, बिकासकार्यमा विलम्वता र भ्रष्टचार मुख्य चुनौती रहने छन् । बैदेशिक स्वर्थलाई हाम्रो तटस्थताले जित्नु पर्नेछ । भाईचारका नामाम हामीले भोग्दै आएको भाईमार कुटनीतीका अगाडी हाम्रो स्थानलाई पक्का गर्नु विदेशमा नेपालको राहदानि बिक्ने बनाउनु र आन्तरीक बेरोजगार युवालाई संबोधन पनि प्रचण्डका अगाडी चुनौती नै रहने छन । समन्तवाद हाम्रो अगाडी ढलेको भए पनि त्यो नामेट भएको छैन ।

सामन्तवादका दासहरु अहिले पनि प्रचण्ड विरुद्ध विविध प्रपोगाण्डा मच्चाउन लागेकै छन् । तिनले परिस्थितिलाई भाँडभैलो तिर लानका लागि अस्थिरता उत्पन्न हुने जुनसुकै हथकण्डा अपनाउन सक्छन ।

त्यसकारण प्रचण्डको राजनस्तीक बैचारीक र भौतिक रक्षा यो वेलाको अर्को चुनौती हो । त्यसो त प्रचण्ड सैन्य कलामा पनि निपुण नेता हुन । उनी यी चुनौती सहज पार गर्नेमा विस्वास गर्न सकिन्छ । मुलुकले पनि प्रचण्ड रक्षाको योजना बनाओस । प्रचण्ड अशोका हुन । उनी युद्ध र शान्ति दुबैलाई जान्दछन् । उनी कमाण्डर र कमिसार दुबै हुन । यतिवेला प्रचण्डका साथमा हजारौं कमाण्डर र कमिसार चाहिएको छ । एक्लै लड्दा कहिलेकाहीं अभिमन्यु बन्न सकिन्छ । प्रचण्ड अभिमन्यु बन्नु हुँदैन ।

–लेखक घिमिरे नेकपा माओवादी केन्द्रका नेता हुन् ।

कमेन्ट गर्नुहोस्