अमेरिकाको विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।

गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन् । गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०–६१ वर्षको आसपास रहेको छ ।

न्यासभिलको एउटा निजी विद्यालयमा गोलाबारी भएको हो । सो विद्यालयमा ११ वर्षसम्मका बालबालिका पढ्छन् ।

प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन ।

प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ । उनी विद्यालयका पूर्व विद्यार्थी हुन् ।

कमेन्ट गर्नुहोस्