राजावादीको ऐक्यबद्धता चाहिंदैन भन्दै ज्ञानेन्द्र शाहीविरुद्ध मिटर ब्याज पीडितको नाराबाजी

काठमाडौं । मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् ।

ज्ञानेन्द्र शाही राजवादी र सामन्तवादी भएको भन्दै मिटर ब्याज पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरेका हुन् । पिडीत नागरिकले आफूहरु नागरिक आन्दोलनमा लागेको समेत बताए । उनीहरुले राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने भन्दै शाही विरुद्ध नाराबाजी गरेका हुन् ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउन भन्दै माइतीघरमा पुगेका थिए ।

ज्ञानेन्द्र शाहीले भने आफू जनप्रतिनिधि भएको नाताले नागरिकको समस्या बुझ्न आएको बताएका थिए । तर मिटर ब्याज पीडितले उनको कुरै सुन्न चाहेनन् र उनीबिरुद्ध चर्को नाराबाजी गरे ।

कमेन्ट गर्नुहोस्