मलाई घचेटिराखे नयाँ पाइला चाल्छु : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिराखे नयाँ पाइला चाल्ने बताएका छन्।

मंगलबार बिहान कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै नेता रावलले यस्तो बताएका छन् । तर एमालेमा रहन अन्तिम बिन्दुसम्म पनि प्रयास गर्ने उनले बताए । त्यो अन्तिम बिन्दु कुन हुनेछ भनेर अहिले भन्न नसक्ने पनि उनको भनाइ थियो ।

अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर लगाएको आरोपको बारेमा पनि नेता रावलले पत्रकार सम्मेलन मार्फत जवाफ दिए । उनले उपाध्यक्ष पौडेल अछाम आउन लागेको जानकारी नदिएको बताए ।

अरु पार्टीका नेताहरुलाई भेट्न नपाइने भए पार्टीको विधानमा लेख्न उनले सुझाव समेत दिए ।

कमेन्ट गर्नुहोस्