काठमाडौं । कोसी नामाकरणको विरोधमा पहिचान पक्षधरहरुले विराटनगरमा प्रदर्शन गरेका छन्।
विराटनगरको बिग होटेलमा कोसी प्रदेशको संसद् सचिवालयले आयोजना गरेको तालिममा सहभागी सांसदलाई घेराउ गर्न पुगेका प्रदर्शनकारीलाई रोक्न बाक्लो संख्यामा प्रहरी उपस्थित गराइएको थियो ।
रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, इट्टाहरु प्रहार गरेका छन् ।
साथै प्रदर्शनकारीले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। साथै उनीहरूले उर्लाबारी नगरपालिका– ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट समेत गरेका छन्।
आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ। आन्दोलनकारीले उनलाई सहिद घोषणा गर्न माग गरेका छन्।